पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
रसुवाको नौकुण्ड गाउँपालिका—५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो ।
अर्का एक बच्चाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
पहिरोमा ३२ वर्षीय कमला, ११ वर्षीया सोबिता, ८ वर्षीया सुकुमाया र ७ वर्षीय आषिश पुरिएका थिए ।
घटना आज बिहान करिब साढे ३ बजेतिरको हो । पहिरोले घर पुरिदाँ श्यामबहादुर भने घाइते फेला भएका थिए ।
स्थानीयले घलानको उद्धार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।