• शुक्रबार, असोज ९ २०८३

गोरखामा जारी निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन कारवाहीमा, पाँच हजारसम्म जरिवाना


बुधबार, भाद्र २ २०७८
1.1K
Shares


गोरखा । गोरखामा जारी निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेको छ ।

जिल्लामा कोरोना संक्रमण बढेपछि हिजो मंगलबार राती १२ बजेदेखी लागु हुने गरी थप कडाईको साथ भदौ ११ गते राती १२ बजे सम्म निषेधाज्ञा थप गरिएको छ ।

सो अवधी भर अत्यवश्यक बहेकका सवारी साधनलाई निषेध गरिएता पनि निषेधाज्ञा उल्लंघन गरेर चलेका सवारी साधन कारवाहीमा परेको जिल्ला प्रहरी ट्राफिक कार्यालयले जनाएको छ । आज ६ वटा बोलेरो जिप र तीनवटा मोटरसाईक कारवाहीमा परेको हो ।

कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार निषेधाज्ञा उल्लंघन गरेका बोलेरोलाई पाँच/पाँच हजार रुपैयाँ र मोटरसाईकललाई एक/एक हजारको दरले जरिवाना गरिएको र सचेत गराएर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार