गोरखा । गोरखामा आज (बुधवार) थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार पिसिआर विधीबाट परिक्षण गर्दा ३३ र एन्टिजिन विधीबाट २८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज बारपाक सुलिकोटमा २४, आरुघाटमा २१, सिरानचोकमा १३, भिमसेन थापामा २ र आजिरकोटमा एक जना संक्रमित थपिएका हुन् ।
आज थपिए सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २६ पुगेको छ । संक्रमित मध्ये १२ जना कोभिड अस्पतालमा र ५ जना आइसोलेशनमा उपचारत् छन् ।
