गोरखा । मर्स्याङ्दी नदीमा बाढी आउँदा गोरखा र तनहुँ जोड्ने पुल बगाएको छ। गोरखाको पालुङटार नगरपालिका र तनहुँको भानु नगरपालिका–३ तुरतुरे जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएको हो ।
व्यास नगरपालिकास्थित छाब्दी दोभानमा जडानका लागि लैजाने तयारी गरिएकाे साे बेलिब्रिज मंगलबार राती आकाे बाढीले बगाएको इलाका प्रहरी कार्यालय ठाटीपाेखरीका इन्सपेक्टर साेमदास ढकालले सिभिलखबरलाई जानकारी दिए।
बाढीले बगाएकाे साे पुल पूरानाे रहेकाे उनले बताए । ‘पुल फुकालेर व्यासमा लैजाने तयारी भइरहेको थियो, केही सामग्री फुकालेर समेत राखिएकाे थियाे’ ढकालले भने ‘सामान झिक्दा झिक्दै पुल बिचमा भाँचिएर अड्केकाे थियाे, मंगलबार बाढीले लगेछ ।’
साे बेलिब्रिज रहेकाे स्थानभन्दा केहि माथी माेटरेवल नयाँ पक्की पुल केहि समयअघि मात्रै निर्माण सम्पन्न भएकाे थियाे ।