काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८ सय ३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३९ जनाको पिसिआर र ४ हजार ९ सय ९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप ४२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २ सय ५४ पुगेको छ।