तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
मंगलबार मध्यराति सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित कालिन्जोर खोलामा १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
आइतबारदेखि घरबाट हराइरहेकी भुजेलको शव घरदेखि झण्डै तीन किलोमिटर टाढा फेला परेको छ ।
३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।
उनको हत्याको आरोपमा प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ। अहिले उनीहरूको परिचय खुलाइएको छैन।
डीएसपी बुढाथोकीले शव सडेको अवस्थामा फेला परेको बताए । ‘मृत शरीरमा त्यस्तो निलडाम र घाउ देखिएको छैन’ उनले भने, ‘शव केही सडेको देखिएको छ ।’
किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताए ।