• शुक्रबार, असोज ९ २०८३

‘कमेडी च्याम्पियन २’ को उत्कृष्ठ ६ मा पुगे गोरखाका सन्तोष, भोट गरिदिन अपिल


बुधबार, भाद्र २ २०७८
1.1K
Shares

गोरखा । ‘कमेडी च्याम्पियन सिजन २’ को टप ६ मा गोरखाका सन्तोष थापा पुगेका छन् ।

पालुङ्टार नगरपालिका वडा न ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजनकाे उत्कृष्ठ ६ मा पुगेका हुन । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो हाल टप ६ सम्म पुगेको छ ।

यो शोको उत्कृष्ट ६ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा गोरखाका सन्तोष थापाकाे प्रस्तुती चर्चामा छ । उनी कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए ।

उत्कृष्ठ र तार्किक ब्य‌ंग्यका कारण दर्शकसामु चर्चित रहेका थापाले आगामी यात्राका लागि भाेट गरिदिन आह्वान गरेका छन् ।

उनले भनेका छन ,`सम्पूर्णमा नमस्कार म सन्तोष थापा गोरखाबाट तपाईँहरूकै माया,साथ र सहयोगले गर्दा म कमेडी च्याम्पियन सिजन 2 को उत्कृष्ट 6 मा पुग्न सफल भएको छु। अब को यात्रा भोटलेनै तय गर्छ तशर्थ मोबाइलमा prabhu pay app डाउनलोड गरि मलाई धेरै भन्दा धेरै भोट गरी अझै अगाडि बढाईदिनुहुन अनुरोध गर्दछु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार