पोखरा । गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको ६ हजार नाघेको छ । मंगलबार थप ५ सय ४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ हजार २१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा संक्रमितभन्दा निको हुने धेरै छन् । ५ सय ४५ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ८८ जना निको भएको निर्देशनालयको आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।
उनीहरुमध्ये २ हजार ८ सय १९ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन् ।
अस्पतालमा भर्ना भएकामध्ये मंगलबारसम्म प्रदेशभर ७१ जना आईसीयूमा, ११ जना भेन्टिलेटरमा र १७३ जना हाइफ्लोयुक्त आईसीयू्मा उपचाररत रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
गण्डकीमा पछिल्लो २४ घन्टामा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, स्याङजा, तनहुँ र नवलपुरका छन् । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको छ ।