• शुक्रबार, असोज ९ २०८३

गोरखामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु


मंगलबार, भाद्र १ २०७८
490
Shares


गोरखा । गोरखामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।

आरुघाट गाँउपालिका —३ थुमिकी ८१ वर्षिया महिलाको आरुचनौटे प्रथामिक स्वास्थ्य केन्द्रको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनमा गत साउन २८ गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि ३१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार