• बिहिबार, साउन १४ २०८३

मंगलबार थपिए ३ हजार २७४ कोरोना संक्रमित, २७ जनाको मृत्यु


मंगलबार, भाद्र १ २०७८
695
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६ सय ८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ६५ जनाको पिसिआर र ६ हजार १ सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै १ हजार ९ सय २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।

यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार