• शुक्रबार, असोज ९ २०८३

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सीईओ पक्राउ


मंगलबार, भाद्र १ २०७८
590
Shares


महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् ।

सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिएको आरोप लगाएका थिए ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहित मोरङ प्रहरीको थप प्रहरी फोर्सले चाण्डोकलाई पक्राउ गरेको हो।

नियन्त्रणमा लिएको सिइओलाई अहिले जिल्ला प्रहरी कार्यालय ल्याएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । उनले यसबारे अनुसन्धान सुरू गरेको पनि बताए ।

चाण्डोकले उद्योगको एक महिला कर्मचारीमाथि गत जेष्ठमा दुव्र्यवहार गरेको आरोप छ । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार