• शुक्रबार, असोज ९ २०८३

तालिबानद्धारा सरकारी कर्मचारीलाई आममाफीको घोषणा


मंगलबार, भाद्र १ २०७८
665
Shares

तालिबानले अफगानिस्तानका सरकारी कर्मचारीहरुलाई आममाफी दिने घोषणा गरेको छ। सत्ता कब्जापछि मंगलबार सो समूहले अफगान नागरिक र विदेशीहरुलाई पनि काम गर्न दिइने बताएको हो।

‘सबैका लागि आममाफी घोषणा गरिएको छ। त्यसैले सबैले पूर्ण आत्मविश्वासका साथ नियमित जीवन सुरु गर्नुस्,’ तालिबानले भनेको छ।

त्यस्तै तालिबानले महिलाहरुलाई समेत सरकारमा सहभागी गराइने बताएको छ। मंगलबारदेखि काबुलमा जनजीवन केही हदसम्म सामान्य देखिएको छ।

अफगानिस्तानको प्रमुख टेलिभिजन न्युज च्यानल तोलो न्युजले महिला समाचारवाचकसहित प्रसारण सुरु गरेको छ।

सडकमा ट्राफिक प्रहरी देखिएका छन् भने नर्स तथा डाक्टर काममा जान थालेका छन्।

तालिबानले जनजीवन सामान्य बनाउन मानिसलाई आश्वस्त तुल्याउन खोजे पनि ब्यांक, बजार र सरकारी कार्यालय बन्द छन्।

अर्कोतिर हतियारधारी सशस्त्र समूहले युद्ध सुरु गर्ने सम्भावना पनि छ। असरफ गनीका उपराष्ट्रपति अमरुल्लाह सलेह पान्सिर क्षेत्रतिर लागेका छन्। त्यो पहाडी क्षेत्र तालिबान विरोधी गढका रुपमा परिचित छ। त्यहाँ उनले अलकायदाले २००१ मा हत्या गरेको एक युद्ध सरदारका छोरा अहमद मसुदसँग गठबन्धन गरेका छन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार