• शनिबार, असोज १० २०८३

बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ


मंगलबार, भाद्र १ २०७८
2.2K
Shares


काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका—३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे रहेका छन् ।

पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

चन्द्रमणिले थान सामुदायिक जंगलमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

घटनाबारे ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार