• शनिबार, असोज १० २०८३

अष्ट्रेलियाले भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालसम्म मुलुकमा बस्न दिने


मंगलबार, भाद्र १ २०७८
590
Shares

काठमाडौं । अष्ट्रेलियाले अस्थायी भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालका लागि मुलुकमा बस्न दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री स्कट मौरिसनले मंगलबार क्यानबेरामा सम्बोधन गर्दै भनेका छन्, ‘उनीहरु मुलुकमा अहिले चलिरहेकै भिसाको आधारमा रहन सक्छन् ।’

मौरिसनले आफ्नो सुरक्षाकर्मीले अफगानिस्तानबाट आफ्ना नागरिक र युद्धमा अष्ट्रेलियाको लागि काम गरेका मानिसलाई सुरक्षित उद्धार गर्ने विश्वास पनि व्यक्त गरेका छन् । यद्यपि अष्ट्रेलियाको लागि काम गर्ने सबैलाई भने उद्धार नगरिने उनले स्पष्ट पारेका छन् ।

अष्ट्रेलियाको आप्रवासन विभागका अनुसार गत अप्रिल यता अष्ट्रेलियाले स्थानीयरुपमा जोडिएका ४३० अफगानी नागरिक र उनीहरुका परिवारलाई मुलुकमा बसोबासको अनुमति दिइसकेको छ । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार