http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । आज भाद्र महिनाको सुरुवाती दिन नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २ सय १० रुपैयाँ प्रतितोला पुगेको छ ।
गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा सोही दरले वृद्धि हुँदै मंगलबार ९० हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।