• शनिबार, असोज १० २०८३

अफगानिस्तानबाट नेपाल आएका १२७ मध्ये ९ जना भारतीय


मंगलबार, भाद्र १ २०७८
625
Shares

काठमाडौं । अफगानिस्तानबाट १ सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्।

अमेरिकी सेनाले अफगानिस्तानबाट कुवेत लगेका नेपाली र केही भारतीयलाई स्वदेश फर्काइदिएको हो ।

उनीहरु चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

चार्टर्ड जहाजमा १ सय २६ जना पुरूष र एक जना महिला काठमाडौं आएका हुन्।

उनीहरूमध्ये ९ जना नेपाली मूलका भारतीय रहेका छन्। भारतीय नागरिकलाई भने नेपाल हुँदै दिल्ली पठाइनेछ।

कुवेतबाट काठमाडौंसम्म आउने व्यवस्था पनि अमेरिकी सेनाले नै गरेको हो ।

उनीहरुलाई नेपाली सेनाले सामाखुसीमा बनाएको क्वारेन्टिनमा लगिएको छ। अब त्यहाँ एन्टिजेन परीक्षण गरेर मात्रै क्वारेन्टिनमा राख्ने वा घर पठाउने निर्णय हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार