काठमाडौं । अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान १०ः१५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान काठमाडौं आइपुगेको हो ।
उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरिरहेको छ।