• शनिबार, असोज १० २०८३

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना


मंगलबार, भाद्र १ २०७८
665
Shares


हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू—भागमा तराई नजिक रहेको छ भने पूर्वी भू—भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ।

बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार