• बिहिबार, साउन १४ २०८३

गोरखामा आज थपिए एक सय २६ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५६७


सोमबार, साउन ३२ २०७८
570
Shares


गोरखा । गोरखामा आज (सोमवार) एक सय २६ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार पिसिआर विधीमार्फत गरिएको परिक्षणमा ८९ र एन्टिजेन विधीमार्फत ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये गोरखा नगरपालिकामा २७, आरुघाट गाँउपालिकामा ३८, सिरानचोकमा २७, अजिरकोटमा १६, भिमसेन थापामा १० जना रहेका छन्।

यस्तै गोरखा अस्पतालमा गरेको एन्टिजेन परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । आज थपिएका सँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ६७ पुगेको छ ।

संक्रमित मध्ये कोभिड अस्पतालमा १९ जना र आइशोलेसनमा पाँच जना उपचाररत छन् । अन्य सक्रिय संक्रमित सबै होम आइशोलेसनमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार