• बिहिबार, साउन १४ २०८३

सोमबार थप ३ हजार ४ सय ५१ मा कोरोना संक्रमण, ३५ जनाको मृत्यु


सोमबार, साउन ३२ २०७८
790
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६ सय ११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ९३ जनाको पिसिआर र ५ हजार ५ सय १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार ४ सय ५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८५ हजार १ सय ४० जना कोरोना मुक्त भएका छन्।

यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार