गोरखा । उत्तरी गोरखामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप ढुवानी गरिएको छ ।
आज (सोमबार) बिहान युनिक एयरको हेलिकप्टर मार्फत उक्त खोप ढुवानी खोप ढुवानी गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्लको उत्तरी भेगमा पर्ने सामागाँउ, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत, सिर्दिवास लगायतका ठाउँहरुमा खोप पठाएको स्वास्थ्य कार्यालयका कोल्चेन निरिक्षक ऋषिराम खत्रीले बताए ।
निरिक्षक खत्रीका अनुसार १८ वर्ष देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा लगाउनका लागी भेरोसेल २ हजार ८ सय ३४ डोज पठाइएको हो ।
त्यस्तै ५५ वर्ष माथीका उमेर समूहलाई पनि दोस्रो मात्रा लगाउनका लागी कोभिसिल्ड खोप ७ सय ३० डोज पठाइएको उनले बताए ।
