पोखरा । सुपर मादी जलविद्युत आयोजनामा कार्यरत एक कोरोना संक्रमित कामदार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
आयोजनाकै आइसोलेसनमा रहेका उनी सोमबार बिहान शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।
हाइड्रोमा करिब २५० जना कामदार कार्यरत छन् । तीमध्ये हाल ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको र आइसोलेसनमा रहेको आयोजना अध्यक्ष ढुंगानाले जानकारी दिए ।