• सोमबार, भाद्र २२ २०८३

आइतबार थपिए २ हजार २१२ कोरोना संक्रमित, ३३ जनाको मृत्यु


आइतबार, साउन ३१ २०७८
535
Shares


काठमाडौं । आइतबार देशभर थप दुई हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप दुई हजार २ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार १०६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

आठ हजार ८८ जनाको पिसिआर गर्दा एक हजार ७ सय ९३ र ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी जम्मा दुई हजार २ सय १२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८ सय ६७ जना कोरोनाबाट निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै अहिलेसम्म यसको संक्रमणबाट थप १० हजार २ सय ९२ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार