• शनिबार, असोज १० २०८३

गोरखामा भदौ ११ गतेसम्म लकडाउन


आइतबार, साउन ३१ २०७८
705
Shares


गोरखा । गोरखामा भदौ ११ गते सम्म लकडाउन हुने भएको छ ।

आज बसेको जिल्ला स्तरीय कोभिड ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकमा उपस्थित एक सदस्यका अनुसार लकडाउन अवभिभर जिल्ला भित्र सञ्चालनमा आएको यातायात, बजार, बैंक तथा बित्तिय संस्था, अहिले खुल्दै आएका सरकारी कार्यालयको सेवा पनि बन्द गर्ने निर्णय भएको बताए ।

खाधान्न, तरकारी, फलफुललगायतका पसलहरु भने बिहान बिहान ५ बजेदेखी १० बजे सम्म खोल्न दिने निणर्य भएको छ ।

डिसिसिएमसीको निर्णयलाई औपचारिक रुपमा प्रशासन कार्यालयले सूचना जारी गर्ने तयारी गरिरहेको प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार