गोरखा । जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ८६ पुगेको छ ।
केही दिन अघि झण्डै ९ सयको हाराहारीमा पुगेको सक्रिय संक्रमितको संख्या आज ३ सय ८६ जनामा झरेको हो ।

गत बुधबार सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ७८ पुगेको थियो । आज थप ३ सय ८६ जना निको भएका छन् ।
यस्तै एक सय ९६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
निषेधाज्ञा थप गर्ने, पालना गर्नु पर्ने नियमहरु अवस्थित राख्ने तथा थप कडाई गर्ने नगर्ने लगायतका विषयमा छलफल गर्न आज जिल्ला कोभिड व्यवस्थापन समिती (डिसिसिएमसि)को बैठक बस्दै छ ।

यस अघि जारी गरिएको निषेधाज्ञा भोलि साउन ३२ गतेदेखी सकिदै छ ।