• शनिबार, असोज १० २०८३

सुनको मूल्य फेरी उकालो लाग्यो, तोलामा कति ?


आइतबार, साउन ३१ २०७८
590
Shares


काठमाडौं । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै उच्चता वृद्धि देखिएको छ ।

आज (आइतबार) साताको पहिलो कारोबार दिन बजारमा सुन प्रतितोला एक हजार रुपैयाँको दरले बृद्धि भएर ९० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघे जनाएको छ ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदी पनि शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँ पुगेको हो ।शुक्रबार चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार