• शनिबार, असोज १० २०८३

मनसुन फेरि सक्रिय, केही दिन पानी पर्ने


आइतबार, साउन ३१ २०७८
1K
Shares


काठमाडौं । मनसुनी वायु फेरि सक्रिय भएपछि आइतबार बिहानदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू— भाग नजिक छ। त्यसैको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मनसुनको सक्रियता बढेकाले केही दिन पानी पर्ने बताइन्।

‘अघिल्लो साताभन्दा मनसुन केही सक्रिय भएको छ। अब तीन दिन पानी पर्ने देखिन्छ। लगातार झरी पर्ने नहुन सक्छ तर पानी पर्ने, रोकिने हुन्छ,’ नगरकोटीले भनिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार