• शनिबार, असोज १० २०८३

काबुलबाहेक अफगानका सबै मुख्य सहर तालिबानको कब्जामा


आइतबार, साउन ३१ २०७८
585
Shares


एजेन्सी । अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्।

आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्।

सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्।

शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर—इ—सरिफमा कब्जा जमाएका थिए।

तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार