• शनिबार, असोज १० २०८३

गोरखाबाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


शनिबार, साउन ३० २०७८
575
Shares


गोरखा । घर भित्र तास खेलिरहेको अवस्थामा गोरखा नगरपालिका ५ मैदानबाट पाँच जना पक्राउ परेका छन् ।

स्थानीय घनश्याम थापा मगरको घरमा तास खेल्दै गरेका उनीहरुलाई १२ हजार तीन सय ९० रुपैयाँ नगद सहित पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

डिएसपी दाहालका अनुसार पक्राउ पर्नेमा राजु राना, रेफबहादुर थापा मगर, नबिन थापा, बहादुर गुरुङ रहेका छन् ।

पक्राउ परेकाहरुलाई जुवा संम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार