• शनिबार, असोज १० २०८३

४ वर्षकी बालिका करणी गरेको आरोपमा पक्राउ


शनिबार, साउन ३० २०७८
515
Shares


गुल्मीमा ४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

आरोपित पुरुषलाई शुक्रबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको पाण्डेले बताए ।

आरोपित पुरुषले साउन २८ गते जबरजस्ती करणी गरेकोे भनी पीडित परिवारले भुर्तुङमा प्रहरी चौकीमा उजुरी दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार