पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५ सय ७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ३ सय २० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८० हजार ८ सय १५ जना कोरोना मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ।