कोरोना महामारीका बीच पनि नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको उल्लेख छ ।
त्यस्तै, २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. १३९९ अर्ब ३ करोड (अमेरिकी डलर ११ अर्ब ७५ करोड) रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु तथा १०.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।
२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१२ प्रतिशतले अधिमूल्यन भई प्रति अमेरिकी डलर खरिद दर रु. ११९.०४ पुगेको छ ।