काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १८ हजार ५ सय ८२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८ सय ७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै २ हजार १ सय १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७९ हजार ४ सय ९५ जना कोरोना मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ पुगेको छ।