• मंगलबार, कार्तिक २५ २०८३

साघुँ तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता


शुक्रबार, साउन २९ २०७८
865
Shares


काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन्।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरू बेपत्ता भएका जनाइएको छ।

उनीहरू बाजुराको वन क्षेत्रमा जडीबुडी संकलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयबासी तारा रावलले जानकारी दिइन्। हराइरहेकाहरूको खोजी जारी रहेको उनले बताइन्।

जडीबुटी संकलन लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ। हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी संकलन गर्न पाटनतिर जाने गर्दछन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार