१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका —६ बस्ने २२ वर्षीय शम्सेर अन्सारी रहेका छन् ।
अन्सारीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।