• शनिबार, असोज १० २०८३

सुन मूल्य तोलामा ८९ हजार ७०० सय पुग्यो


शुक्रबार, साउन २९ २०७८
945
Shares


साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ । बिहीबार तोलामा १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार