काठमाडौं । बेल्जियन फरवार्ड रोमेलु लुकाकु सात वर्षपछि इंग्लिस क्लब चेल्सी फर्किएका छन् ।
इङ्लिस क्लब चेल्सीले रोमेलु लुकाकुलाई इटालियन क्लब इन्टरमिलानबाट कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ।
चेल्सीले ९७.५ मिलियन पाउण्डमा २८ वर्षीय लुकाकुसँग ५ वर्षको सम्झौता गरेको छ ।
लुकाकुले बेल्जियमको राष्ट्रिय टिमका लागि ९८ खेलमा ६४ गोल गरेका छन् ।