• बिहिबार, साउन १४ २०८३

बिहीबार थपिए ३ हजार २६० कोरोना संक्रमित, ३२ जनाको मृत्यु


बिहिबार, साउन २८ २०७८
550
Shares


पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार ४ सय ६२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ८०६ जनाको पिसिआर र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै २ हजार २ सय ९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७७ हजार ३ सय ७७ जना कोरोना मुक्त भएका छन्।

यसको संक्रमणबाट थप ३२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको छ।

यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार १ सय ३३ जनालाई संक्रमण देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार