• शनिबार, असोज १० २०८३

करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


बिहिबार, साउन २८ २०७८
775
Shares


जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई आज पक्राउ गरिएको जानकारी दिए ।

उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् ।

उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार