• शनिबार, असोज १० २०८३

पोखराबाट जुवा खेलिरहेको अवस्थमा ७ महिलासहित १३ जना पक्राउ


बिहिबार, साउन २८ २०७८
745
Shares

पोखराबाट जुवा खेलिरहेको अवस्थमा १३ जना पक्राउ परेका छन् । प्रहरीले पोखराको उत्तम चोकमा जुवातास खेलिरहेको अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका १० उत्तम चोकमा भाडामा बस्दै आएकी सरु गुरुङले घर भाडामा लिएर तास खेलाइरहेको अवस्थामा १३ जनालाई साढे ३ लाख रुपैया नगदसहित वडा प्रहरी कार्यालय राम बजारको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्ये ७ जना महिला रहेका छन् भने, ६ जना पुरुष रहेका छन् । उनीहरुका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय राम बजारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार