काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि निजी वा सार्वजनिक सवारीसाधन चलाउन निषेध गरिएको छ । उपत्यकाका तीन वटै जिल्लामा राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने आदेश जारी भएको छ।
सो आदेश प्रजिअहरूले गत मंगलबार नै जारी गरेका थिए। उपत्यकामा बिहीबारदेखि भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याइएको छ।
आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।