काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ ।
चेल्सी र भियारियल बिचको खेल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भियारियललाई ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेको हो ।
२७ औं मिनेटमा चेल्सीका हाकिम जियाचले गोल गर्दैै अग्रता दिलाएपनि ७३ औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काएका थिए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार रोक्दै चेल्सीलाई जित दिलाए । त्यसअघि उनले अईसा मान्डीको प्रहार रोकेका थिए ।