गोरखा । गोरखामा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर र एन्टिजेन विधीबाट गरी ६२ जनाको परिक्षण गरिएकमा थप २४ मा संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ७८ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमित मध्ये सबै भन्दा धेरै पालुङटार नगरपालिकामा दुई सय जना रहेका छन् ।