काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार बुधबार ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको हो। १६ हजार ६ सय ५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। एक हजार ८ सय ५० जना कोरोनामुक्त भएका छन्।
प्रवक्ता पौडेलका अनुसार अहिले परीक्षण गरिएका चार जना मध्ये एक जनामा संक्रमण पुष्टि हुन थालेको हो।