काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।
केही दिनदेखि निरन्तर आरालो लागेको सुनको मूल्य बुधबार उक्त दरले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा आइपुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य पनि घटेर ८८ हजार ३ सय ५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन मंगलबार ८८ हजार ७ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बधबार चाँदीको मूल्यपनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।