• शनिबार, असोज १० २०८३

स्यानिटरी प्याडमा लगाइएको भ्याट खारेजीको माग गर्दै सर्वोच्चमा रिट


मंगलबार, साउन २६ २०७८
1000
Shares

काठमाडौं । महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

श्रीना नेपाल र अभ्युदर भेटवालले अर्थ, स्वास्थ्य, महिला तथा बालबालिका र कानून मन्त्रालयलाई विपक्षी बनाई निवेदन दिएका हुन् ।

महिलाहरुका लागि अत्यावश्यक स्यानिटरी प्याडमा भ्याट र भन्सार शुल्क समेत लगाइनु गलत भएको उनीहरुको दावी छ ।

स्यानिटरी प्याडलाई अर्थ मन्त्रालयले ‘लक्जरी बस्तु’को कोटामा राखेको भन्दै उनीहरुले अत्यावश्यक सामग्रीमा सूचीकृत गर्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार