गोरखा । गत साउन १९ गतदेखीे बेपत्ता गोरखामा एक पुरुषको दाहिने खुट्टा फेला परेको छ ।
आरुघाट गाउँपालिका १ श्यामचेतका सानुकमल गुरुङ हलगोरु किनेर गोरु धनीसहित आफ्नो घरतर्फ फर्कने क्रममा बेपत्ता भएका थिए ।

८ दिनदेखी बेपत्ता गुरुङको आज (मंगलबार)दिउँसो सवा १२ बजे तिर वडा नं. ४ स्थित निर्माणाधीन सोती–मान्बु पक्की पुलमुनि दाहिने खुट्टा भेटिएको डिएसपी प्रकाश दाहालले बताए ।
भेटिएको खुट्टा आफ्ना बाबुको नै रहेको मृतकका छोरा बाग बहादुर गुरुङले पुष्टि गरेका छन् । शरिरको अन्य भागको पनि खोजी भई रहेको प्रहरीले जनाएको छ ।
