• बिहिबार, साउन १४ २०८३

मंगलबार एकैदिन थपिए ४ हजार ९०४ कोरोना संक्रमित, ३५ जनाको मृत्यु


मंगलबार, साउन २६ २०७८
530
Shares


काठमाडौं । एकैदिन ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २ सय १७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १ सय ९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १ हजार ७ सय १० मा संक्रमण देखिएको छ।

कुल १९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार