काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भइ हाल काठमाडौं महानगरपालिका— ६ कुमारीगाल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट उनलाई प्रहरीले मंगलबार विहान ९ः४५ बजे पक्राउ गरेको हो ।
बस्नेत जजिरा एयरलाइन्सको उडानद्धारा साउदीबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लाएको प्रहरीको दाबी छ ।
बालासहित बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।