• शनिबार, असोज १० २०८३

काठमाडौंमा भदौ ८ गतेसम्म निषेधाज्ञा, बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने


मंगलबार, साउन २६ २०७८
800
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ।

मंगलबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको बताए।

सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ। अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ। अरू निर्णयहरू साबिककै भएको प्रजिअ निरौलाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार